गम्भीर रुपमा बिरामी एक पाँच बर्षीय बालक जो इंग्लिस क्लव सण्डरल्याण्डको जर्सीमा मैदानमा आएर गोल गरेका थिए । तिनै बालकले म्याच अफ द डे को गोल अफ द मन्थको पुरस्कार जितेका छन् ।

 

 

५ बर्षीय ब्राड्ली लोवेरी न्युरोब्लास्टोमा नामक क्यान्सरबाट पीडित छन् । गत डिसेम्बर १४ मा चेल्सीबिरुद्धको खेलअघिको अभ्यासमा उनी टिमसँगै मैदानमा पुगेर गोलसमेत गरेका थिए ।

 

 

यो अभियानमा समर्थकहरुलाई त्यस दिनको खेल सुरु हुनुअघि मैदानमा बोलाएर गोल गर्न लगाइन्छ र अनलाइन मतमार्फत बढी मत पाउनेलाई पुरस्कृत गरिन्छ ।

ब्राड्लीकी आमा जिम्माले ट्वीट गरेकी छन् कि ‘ब्राड भर्खरै उठे र थाहा पाए की उनी गोल अफ द मन्थबाट पुरस्कृत भए । उनी निक्कै खुसी छन् ।’

उनीसँगै म्यान्चेस्टर युनाइटेडका हेनरिख खितार्यनलाई पनि पुरस्कृत गरियो । हेनरिखले २६ डिसेम्बरमा गरेको गोल र ब्राड्लीको गोलसँगै ८ गोल जनमतका लागि छनौट भएको थियो । ती मध्ये हेनरिख र ब्राड्लीको गोलले ३९.९ प्रतिशत मत पाएको थियो ।

क्यान्सर लागेपछि ब्राड्लीको उपचार सन् २०१३ देखि चल्दै आएको छ । यसबीचमा अमेरिकामा उपचार गराउँदा ७ लाख पउण्ड खर्च भइसकेको छ । त्यसमध्ये २ लाख पाउण्ड एभर्टनले सहयोग गरेको थियो ।

यति हुँदाहुँदैपनि उनका परिवारका अनुसार उनको क्यान्सर बढ्दो मात्रामा छ र उपचारले मात्रै उनको मृत्युको दिन लम्ब्याउनेछ