काठमाडौं । शसस्त्र युद्धको घोषणा गरेर वर्गशत्रु सफाया गर्न हिंडेका प्रचण्ड दुइ पटक सिंहदरबारको कार्यकारी कुर्सीमा पदासिन भएका थिए ।

कुनै बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ५० लाख रुपैयाँ टाउकोको मोल तोकेका यी प्रचण्ड स्थानीय चुनाव पहिले उनै देउवाको प्रस्तावमा दोस्रो पटक प्रधानमन्त्री समेत भएका थिए ।

विद्रोहको क्रममा रोल्पा र रुकुमजस्ता विकट पहाडी जिल्लाहरुमा विद्रोही सैनिकको कमाण्ड सम्हालेका प्रचण्ड अहिले पुष्पकमल दाहाल बनेर संसदीय राजनीतिको खेलाडी बनेका छन् । प्रचण्डले अब केपी ओली संग मिलेर देश कसरि अगाडी बढाउँछन् त्यो भने हेर्न बाँकी छ !

तस्बिरहरु: कान्तिपुर फोटो विभाग र जनयुद्धका तस्बिरहरु- १ पुस्तकबाट साभार गरिएको