दसैं पनि परदेशी हुन्छ र ?
आस्था र मनको पनि देश हुन्छ र ?
न त दसैं स्वदेशी नै हुन्छ ! दसैं त आस्था र मनको पर्व हो । यो त धेरै-धेरै फराकिलो, विशाल अनि ब्यापक हुन्छ शायद: मान्छेहरु, भूगोल र परिधीहरुभन्दा धेरै ! त्यसैले यसपाली हामीले ‘आफ्नो दसैं’ मनायौं । आमा र माटो सम्झेर संस्कृति मनायौं । धर्म सम्झेर आस्थाको पूजा गर्यौं । आत्मीय र सभ्य संस्कारको सम्मान । जहाँ बसेर मनाए पनि दसैं आफ्नै पर्व लाग्नेरहेछ विशेष !
क्या संयोग, यसै दसैंका लागि आमा जुम्लाको सिन्जादेखि अमेरिका आउनुभयो र आशिर्वाद दिनुभयो, डोल्पाबाट सुरज उपाध्याय दाइ आउनुभयो, यहीँ रहनुभएका सम्मानित आफन्तजनको आशिर्वादले प्रफुल्लित छौं । सम्झिँदैं आफ्नो माटो र संस्कृतिको सुवास ।
एकै शहरमा रहनुभएका सम्मानित दाइ, भाउजू, साथीभाइहरुको अविरल मायामा रमाइरहेका हामी । यो कति दीर्घखुशीको विषय हो ! यो कति रंगिबिरंगी खुशीको पर्व भयो ! अमेरिकाको एटलान्टा शहरमा आफन्तहरुको माया र छाया निकै विशाल र प्रिय छ हाम्रा लागि । आफन्तहरुबाट पाइरहेको न्यानो माया निकै कन्चन र पवित्र छ । क्या, लालित्य छ सम्वन्धमा ? कमाउनु/नकमाउनु, लिनु/दिनु/नदिनु, मीठो/नमीठो कुनै स्वार्थ छैन ।
यस्तो लाग्छः हरेक मान्छेलाई स्वागत गर्नका लागि परिस्थिती विशेष विशेष पहिरन लिएर मान्छेअघिल्तिरै उभिएको हुन्छ मात्र मान्छेले परिस्थिती पहिरिन जान्नुपर्दछ । एक पटक सबैसबैमा धेरै धन्यवाद र सम्मान ।

भिडियो हेर्नुहोस्-