ऋषि धमला नेपालको सबैभन्दा धेरै चर्चामा आउने पत्रकार हुन् । नेपालका पत्रकारहरुमध्ये सबैभन्दा धेरै चर्चा र सबैभन्दा धेरै ट्रोल उनैलाई बनाउने गरिन्छ । उनको प्रश्न सोध्ने तरिकामै रमाउने दर्शक पनि थुप्रै छन् । उनका कतिपय अन्र्तवार्ताहरु विवाद र आलोचनाको शिकार पनि बन्ने गरेका छन् । धमलाको शैलीलाई कटाक्ष र प्रशंसा उत्तिकै मिल्ने गरेको छ ।

तर, धमला आलोचनाहरु सजिलै पचाउन सक्ने पत्रकार हुन् । यीनै आलोचनाका कारण उनको बारेमा अनेक प्रकारका ट्रोल र किस्साहरु बन्ने गरेका छन् । उनका बारेमा बनेका चर्चित किस्साहरुको ऋषि धमलाले स्पष्टिकरण दिएका छन् । उनले आफुबारे बनेका विभिन्न किस्साहरुलाई दर्शकमाझ प्रस्ट गरेका हुन् । हेर्नुहोस् भिडियो ।