काठमाडौँ, २४ अशोज | छोरा-बुहारी आफ्नो बेडरूममा कुरा गरिरहेका थिए, ढोका खुल्लै भएको कारण उनीहरुको कुरा बाहिर कोठामा बसिरहेकी बुढी आमाले पनि सुनिरहेकी थिईन।छोरा- हामी आफ्नो जागीरको कारणले गर्दा आमाको ध्यान राख्न सक्दैनौं, त्यसैले उहाँलाई बृद्धाआश्रम भर्ती गराईदिउँ “त्यहाँ उनको हेरचाह पनि हुन्छ र हामी पनि कहिलेकहिँ भेट्न जाँदै गरौंला।छोराको कुरामा “बुहारीले जुन जवाफ दिईन, त्यो सुनेर आमाको आँखाबाट आँसु निस्किए।बुहारी- पैसा कमाउनको लागि त पूरा जिन्दगी छ हजुर, तर आमाको आशिर्वाद जति पनि मिलोस् त्यो कम हुन्छ “उहाँलाई पैसाभन्दा धेरै हाम्रो साथको जरुरत छ।म आमासँगै बस्छु, बरु घरमै बच्चाहरूलाई ट्युशन पढाउँछु, जसकारण आमाको हेरचाह पनि हुनेछ। याद गर्नुस्, बचपनमै तपाइँको बुवा बित्नुभयो, तपाइँकी आमाले निक्कै दुख कष्ट सहेर तपाइँको पालनपोषण गर्नुभयो, तपाइँलाई पढाउनु भयो लेखाउनु भयो, यत्तिको सक्षम बनाउनु भयो।

हेर्नुहोस मनै रुवाउने भिडियो –