काठमाडौं,२५ असोज | अभिनेत्री रेखा थापाको कार दुर्घटनामा परेको छ। बुधबार अपराह्न १२ बजे चाबहिलमा उनी आफैले चलाएकाे कारलाई ट्रकले ठक्कर दिएको हो। कार उनी आफैले चलाएकी थिइन्।

गोपीकृष्ण मुभिजको कार्यालय सरस्वतिनगरबाट अन्तरवार्ता दिएर उनी बस्दै आएको अम्बे अपार्टमेन्ट फर्कने क्रममा उनी दुर्घटनामा परेकी हुन्। दुर्घटनामा परेर थापा सवार गाडीमा क्षति भए पनि उनी सकुशल छिन्। हाल थापा र ठक्कर दिने ट्रक चालक अनुसन्धनका लागि गौशला प्रहरी वृत्तमा छन्।

पुरा खबर थाहा पाउन यहाँ क्लिक गरी भिडियो हेर्नुहोस्-