काठामाडौं,२५ असोज | तिलक आचार्य लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार हुन् । उनीसँग नेपालमा बौद्ध धर्मबारे अध्यापन गराइने एकमात्र विश्वविद्यालयको स्थिति कस्तो छ ? राज्यले कत्तिको सहयोग पु¥याएको छ र यस विश्वविद्यालयका विशेषता के कस्ता छन् भन्नेबारे नेपाल आजले नजिकबाट बुझ्ने कोशिश गरेको छ ।

आचार्यसँग नेपाल आजले गरेको कुराकानीको सम्पादिन अंश यस्तो छ ।हाम्रो विश्वविद्यालय खुलेको दश वर्ष बितिसक्दा पनि राज्यले कुनै चासो देखाएको छैन । जब की छिमेकी मुलुक भारतले सिद्धार्थ विश्वविद्यालय स्थापना गरिसकेको छ । हामीलाई सरकारले चार बिघा जग्गावाहेक अन्य केही सहयोग गरेको छैन ।

हामी विश्वविद्यालयको क्षेत्रफल बढाउनुपर्छ भनेर लागि परिरहेका छौं । विदेशी संस्थाबाट सहयोग पाउँदा पनि सरकारबाट भने पर्याप्त सहयोग छैन ।यहाँ ६० प्रतिशत मुस्लिमको बाहुल्यता छ । यस विश्वविद्यालयमा मुस्लिम विद्यार्थीहरु पनि छन् । यो सकारात्मक कुरा हो । यसको ५० मिटर नजिक मस्जिद छ । त्यहाँ ठूलो आवाजमा नवाज पढिन्छ । ठूलो आवाजमा नवाज पढ्दा विश्वविद्यालयमा डिस्टर्ब हुन्छ । तर, अहिले त बानी पनि परिसकेको छ । मुस्लिम विद्यार्थीप्रति पनि सद्भाव छ । किनभने बुद्धकै कारण उहाँहरुको जनजीवन सकारात्मक भएको छ ।
भिडियो हेर्नुहोस्-