– दीपेन्द्र खनिया

हरेक सिनेमा, यो काल्पनिक कथामा आधारित छ भनेर शुरु हुन्छ ।
त्यो भन्दा अघि सिनेमा सम्बन्धी नियमनकारी निकाय सञ्चार मन्त्रालय अन्र्तगतको केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र हेर्छ । कानुनले बन्देज गरेको कुरा भए त्यसलाई काट्छ । समाजमा द्धेष, भ्रम वा विकृती फैलाउने कुरा भए त्यसलाई रोक्छ । हैन भने सिनेमाको कथा र दृश्य अनुसार ग्रेड छुट्याएर प्रमाणपत्र दिन्छ र भन्छ, ‘यो सिनेमा यो–यो समूहलाई देखाउनु ।’

त्यो भन्दा अघि चलचित्र बिकास बोर्डमा यस्तो सिनेमा बन्दैछ । यसका निर्देशक र निमार्ता यी–यी हुन् । कथा यिनको हो । कथाको मुख्य सार यो छ । कलाकार यी–यी हुन् भन्ने पूर्ण जानकारी विकास बोर्डमा नियम अनुसार गराईन्छ । यो नगरिकन सिनेमा खिच्न पाईदैन । देखाउने कुरा त परै जाओस् ।

एउटा कथाकारले आफूले सुझे बुझेको आधारमा कथा लेख्छ । त्यो उसको कृति हो । त्यहाँ उसले सपना देख्छ । कथाकार आफै कल्पनामा उड्छ । सृजनाका शब्दले कथालाई सकेसम्म फिल्मी बनाउँछ । त्यसपछि कथालाई कसरी अगाडि बढाउने ? कसरी खिच्ने ? कस्तो कलर दिने ? को–को कलाकार राख्ने ? कथालाई कस्तो पटकथाबाट अघि बढाउने ? त्यो सबै निर्देशक वा उसको टिमको खुबी हो । यो यस्तै हुनु पर्छ भन्ने कहि कतै उल्लेख हुँदैन । सिनेमाको समय क्यानभास हो । यहाँ कस्तो चित्र बनाउने निर्देशक र उसको टिमले निणर्य गर्ने कुरा हो । यो नेपालमा बन्ने सबै सिनेमामा लागु हुने एउटै सुत्र हो । नेपालमा बनेको पहिलो नेपाली सिनेमा ‘आमा’ होस् या अहिले चर्चाको शिखर र दर्शकको मनमा बसेको सिनेमा ‘छक्का पञ्जा २’ यसरी नै तयार भएका हुन् ।


अब कुरा चाहि ‘छक्का पञ्जा २’कै गरौँ । झण्डै १ करोड ५० लाख रुपैँया खर्च गरेर दीपक–दीपाको टिमले अहिले प्रदर्शनमा आएको सिनेमा ‘छक्का पञ्जा २’तयार पारेको हो । यो सिनेमा बनाउन झण्डै २ सय जनाको टिमले लगातार ७५ दिन काम गरेको छ । आलोचनाका लागि त जे भन्दिए पनि हुन्छ । तर ध्यान दिनु पर्ने कुरा चाहि के हो भने, कथाको कल्पना देखि असोज ११ गते सम्म आईपुग्दा एउटा जम्बो टिमले १ बर्ष मेहेनत गरेको छ । जीवनभर जानेको, सिकेको, बुझेको अनुभव जम्मा गरेर दीपक–दीपा र उनको टिमले ‘छक्का पञ्जा २’ व्यावसायिक सिनेमा बनाएको हो ।

यो समय र पैसाको लगानी कसैलाई होच्याउन, गाली गर्न र दुःख दिन न त दीपक दीपाले गरेका हुन् न अरु कसैले गर्न सक्छ । डाह र ईष्र्या भएका वा कसैबाट परिचालितहरुले मात्रै फरक सोच्न सक्लान ।
नाफामा आँखा धेरैका छन् । सिनेमाले जतिनै पैसा कमाए पनि सबै सर्लक्कै दीपक–दीपाले घर लाँदैनन् । सिनेमा बन्न महिनौँ लाग्छ । लाखौँ खर्च हुन्छ । सिनेमा बनिसकेपछि सिनेमा चलाउने हल हुन्छ । वितरक हुन्छ । पैसाको कारोबार गरे पछि सरकारले कर लिन्छ । सबैलाई तिरे पछिको रकम मात्रै निमार्ताको हुन्छ । ‘छक्का पञ्जा २’ मा त झन् दीपक र दीपा मात्रै निर्माता छैनन् । झण्डै दर्जन निर्माताहरु छन् ।

उनीहरुको पनि बुद्धि र विवेक यसमा जोडीएको छ । आलोचना गर्नु, सामाजिक संजालमा ख्याति कमाईएला कि भनेर फरक सोच राख्नु एउटा कुरा होला तर हतोत्साहि बनाउनु, मुल कामको चर्चा नगरी खोट मात्र लगाउन खोज्नुमा समग्र सिनेमा उद्योगकै विकास र उन्नती देख्न नसक्नेले उठाएको बहस त हैन ? भन्ने कुराको तरंग स्वभाविक रुपमा उठ्दै छ ।

‘छक्का पञ्जा २’ दीपक दीपा र उनको टिमले मनोरन्जन सहित पैसा कमाउनका लागि नै निर्माण गरेको व्यावसायिक सिनेमा हो । यो नयाँ सडकको खुलेको सुन पसल र बानेश्वरको चिया पसल जस्तै हो । नाफाका लागि खोलिएका स्कुल र ‘छक्का पञ्जा २’ मा केही पनि फरक छैन । अस्पताल खुल्छन् । सिनेमा हल बन्छन् । अनलाईन र रेडियो सञ्चालनमा आउँछन् भनेजस्तै दीपक र दीपाले जानेकै सिनेमा बनाउन हो । उनीहरु सिनेमा बनाईरहन्छन् । यो व्यवसायिक सिनेमा हो । काम सँगै दामका लागि पनि उनीहरुले सिनेमा बनाएका हुन् ।

सिनेमा बनाएर कंगाल हुने रहर कसैलाई हुँदैन । उनीहरुले त पैसा पनि कमाएका छन् दर्शकको मन पनि जितेका छन् । ईष्र्या र डाहा भएकाहरुले मात्रै उनीहरुको विरोध गरिरहेका छन् । हैन भने जसले नियमन गर्नुपर्ने हो उसको अनुमति सहित कानुन र संविधानको पालना गर्दै प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ बाट आत्तिनेहरु को त ? उत्तर कसले खोजीदिने ? विकास बोर्डले, चलचित्र संघले, निर्देशक समाजले, निर्माता संघले वा फेरि पनि सामाजिक संजाालहरुले ? दीपक– दीपा र उनको टिमलाई कसले जवाफ दिने ?


दीपक र दीपाको अर्को कुनै व्यापार छैन । सिनेमा र सिनेमाकै वरिपरि उनीहरुले झण्डै ३० बर्ष बिताउन लागे । उनीहरुलाई के सहि हो र के गलत हो भन्ने राम्ररी थाहा छ । उनीहरुको अनुभवलाई अक्षरमा उतार्ने हो भने युनिभर्सिटीको एउटा सेमेस्टरको कोर्स बन्छ । दुधले नुहाएको कोहि पनि हुँदैन । दीपक र दीपाले पनि ‘छक्का पञ्जा २’ प्रदर्शनमा आएपछि भएका केहि कमजोरीलाई सच्याएर ‘छक्का पञ्जा ३’ बनाउने घोषणा गरिसकेका छन् । तर जसरी ‘छक्का पन्जा २’ लाई जोडेर जतिले टाउको दुखाई रहनु भएको छ, कृपया अरुको उन्नतीमा आफ्नो प्रेसर नबढाउनुहोस् । रोगले तपाईलाई नै थिच्छ ।

बरु त्यो समय दीपकपक र दीपाले जस्तै लाखौंको मन जित्ने असल कर्ममा लगाउनुहोस् । सिनेमा उद्योगका लागि दीपक–दीपाले गरेका राम्रा काम धेरै छन् । राम्रो कामको तारिफ गर्ने बानी बसाल्नुस् । उनै कवि दुर्गालालको गीत जस्त,ै फूलको आँखामा फुलै संसार …………