दलालको बिगबिगी ले बरिबिले पिल्सिएका छोरि चेलीहरुलाई धनको लोभ देखाई भारत हुदै तेस्रो मुलुक पुर्याई बेचिरहेका खबर बारम्बार आइरहेको बेला फेरी धरानका दुई चेली ओमनमा बेचिएका छन्। सात महिना अगाडिदेखि हराइरहेका दुर्इ चेलीलाई दलालले भारतको नयाँ दिल्लीबाट दुबई हुँदै ओमनमा लगेर विक्री गरेको खुलासा भएको छ ।

धरान उपमहानगरपालिकामा ५ कि २६ बर्षीया पम्फा गुरुङ र धनकुटा राजारानी स्थायी ठेगाना भइ धरान १५ मा डेरा गरी बस्ने यममाया लिम्बुलाई दलालले विक्री गरेको थाहा भएको हो। उनीहरुलाई मोरङ उर्लावारीकी सीता भन्ने विष्णुमाया श्रेष्ठ र दुबईमा रहेकी उनकै छोरी लीना श्रेष्ठले विक्री गरेको पीडित परिवारको आरोप छ।

पुरा खबर थाहा पाउन यहा क्लिक गरी भिडियो हेर्नुहोस्-