काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि जग्गाको मूल्याङ्कन रकममा ६ गुणासम्म वृद्धि गरेको छ । पालिकाले महानगरभित्रका ३२ वटै वडाको नयाँ जग्गा मूल्याङ्कन रकम ताकेको छ । आर्थिक वर्ष २०६४/६५ देखि २०७३/७४ सम्म फेरबदल नभएको जग्गा मूल्याङ्कन रकमलाई गत असार ३१ गते काठमाडौं महानगरपालिको नगर सभाले परिमार्जन गरेको हो ।

नयाँ मूल्यांकनअनुसार सबैभन्दा कम मूल्य भएको जग्गा वडा नं १५ मा रहेको छ । जसको सरकारी मूल्य प्रतिरोपनी २७ लाख ४५ हजार ६ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, जग्गाको दरभाउ सर्वाधिक महँगो वडा नं १, ११, २२ र २७ मा निर्धारण भएको छ । यी क्षेत्रमा एक रोपनीको सरकारी मूल्य ३ करोड रुपैयाँसम्म तोकिएको छ । विस्तृतमा हेर्नुहोस् टेबलमा । (दर प्रतिरोपनी)

श्रोत : प्रोपर्टीटुडेबाट