काठामाडौं,२६ असोज |तिहार हिन्दू नेपालीहरुको दोश्रो ठूलो पर्व हो । तिहार शब्दले नै मानिसहरुलाई फूल, बत्ती, मिठाई र देउसी–भैलोको सम्झना गराउँछ । उज्यालोको चाड तिहारमा झिलिमिली बत्तिको माग अत्याधिक बढ्ने गरेको छ । देश लोडसेडिङ मुक्त भएपछि पनि झिलिमिलीको बत्तिको माग झनै बढेको हो ।

यस बर्षको तिहारमा पनि झिलिमिली बत्तीको माग झण्डै ३० प्रतिशत बढेको व्यापारीहरु बताउछन् । तिहारलाई झिलिमिली बत्ति,फुलैफुलको चाडका रुपमा मान्ने गरिन्छ । पछिल्लो समयमा झिलिमिली बत्तिका कारण मौन बत्तीको माग भने खस्किदै गएको छ । बत्ति बाल्दा आगलागी हुने भएकोले बत्तिको माग खस्किदै गएको व्यापारीहरुले बताएका छन् । विगतका बर्षहरुमा भन्दा यस बर्ष झिलिमिलि बत्तिको माग सँगै व्यापार पनि ३० प्रतिशत बढ्ने लक्ष्य लिएको व्यापारीहरुले बताएका छन् ।
भिडियो हेर्नुहोस्-