काठमाडौँ, २६ असोज |नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको शव आज परिवारले बुझ्नेका छन् |सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन हुनुभएका गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहिद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायतका माग राखी गौचनको शव महासंघ र परिवारले बुझ्न मानेका थिएनन् ।

गौचनका काका ओमकार गौचनका अनुसार महासंघ र गृहमन्त्रीको बुधबार भएको भेटमा गौचनलाई शहिद घोषणा गर्न गृहमन्त्री सकारात्मक देखिएको र आगामी बस्ने मन्त्रिपरिषद्को बैठकमा उक्त प्रस्ताव लैजाने आश्वासन दिएपछि शव बुझिएको थियो । यस्तै, गृहमन्त्रीले व्यवसायीको सुरक्षा दिने समेत प्रतिबद्धता जनाउनुभएको थियो ।

मृतक गौचनको शवलाई नेपाल निर्माण व्यवसायी महासंघको कार्यलयमा अन्तिम श्रदान्जली अर्पण गरिदै छ,भने परीवार यति बेला पनि भाबविह्वलमा डुबेका छन् |
भिडियो हेर्नुहोस्-