प्रहरीले एक मसाज तथा स्पा सेन्टरमा छापा मारेर ४० जना युवायुवतीलाई यौनकार्यमा लिप्त भएको अवस्थामा पक्राउ गरेपछि एक हाइप्रोफाइल यौनधन्दाको पर्दाफाश भएको छ । यहाँ मसाजको नाममा यौनधन्दा चलिरहेको खुलेको छ ।

यो सेन्टरलाई प्रहरीले नै संरक्षण दिइरहेको खुलेपछि ४ जना प्रहरीहरु जागिरबाट निकालिएका छन् । सेन्टर संचालक, पक्राउ परेका युवायुवतीलाई अदालत पेश गरिएको छ ।

डिजायर स्पा सेन्टरको नाममा भारतको इन्दौरमा चलिरहेको यौनधन्दा बन्द गराउन प्रहरीले छापा मार्दा कैयौं युवायुवती आपत्तिजनक अवस्थामा भेटिएका थिए । यहाँ कैयौं केबिन बनेका थिए । यहाँबाट २३ युवती र २१ युवक पक्राउ परेको बताइएको छ ।

संचालकले यहाँ आउने ग्राहकसँग १५०० रुपैयाँ शुल्क लिन्थे । भित्र गएपछि एक युवतीले ग्राहकलाई मसाजसहित यौनकार्यसम्मको फरक फरक दरबारे जानकारी दिन्थिन् । यहाँ सेवा दिने युवतीको फोटोसहित विवरण उपलब्ध गराइन्थ्यो । यहाँ ५ सयदेखि ५ हजारसम्मका युवती उपलब्ध थिए । थप तस्बिरहरु हेर्नुहोस :