काठमाडौँ, २६ असोज | विख्यात अमेरिकी फिल्म शृंखला ‘स्टार वार्स’की अभिनेत्री क्यारी फिसरको निधनको मुख्य कारण ‘स्लिप एप्निया’ रहेको चिकित्सकहरूले पुष्टि गरेका छन्। निदाएका बेला सास रोकिनुलाई डाक्टरी भाषामा ‘स्लिप एप्निया’ भनिन्छ । निदाएका बेला कैयौंपल्ट केही सेकेन्डका लागि सास फेर्न रोकिन्छ। ६० बर्सकी फिसरको गत वर्ष डिसेम्बर २७ मा निधन भएको थियो । जनवरीमा जारी मृत्युको प्रमाणपत्रमा उनको निधन हृदयघातबाट भएको उल्लेख गरिएको भए पनि चिकित्सकहरूले निधनको सही कारण पत्ता लगाउन सकेका थिएनन्।अहिले आएर लस एन्जल्सका एक जना चिकित्सकले स्लिप एप्नियासँगै मुटुसम्बन्धी रोग र लागुऔषध प्रयोगले फिसरको निधन भएको बताएका छन । निदाएका बेला घाँटीका मांसपेशी र सफ्ट टिस्युज खुम्चिएर आरामको मुद्रामा आउँछन् र सास रोकिन्छ ।

जान्नुहोस यसबाट कसरि बच्ने त ? भिडियोमा –