– गणेश अधिकारी

काठामाडौं,२६ असोज | किरातीको इतिहास भेटिएको छैन भनिन्छ । तर खास कुरो– खोजिएको छैन । २९ देखि ३१ पुस्तासम्म शासन गरेको जातिको इतिहास छैन, भेटिँदैन भन्दा आजको पुस्ताले सजिलै किन पत्याइरहेको छ त्यो बरु आश्चर्यको कुरा हो ।

कुनै पनि विद्वान्ले लेखेको नेपालको इतिहास अहिलेको चारभञ्ज्याङभित्रको खाल्डोबाट सुरु हुन्छ । त्यहाँ पानीको ठूलो दह थियो । गोपाल वंशीहरूलाई दक्षिणबाट कृष्ण भगवान्ले लिएर आए । दहको पानी खोलिदिए । मानिस बस्नयोग्य बनाए । गोपालहरूलाई शासक बनाएर राखिदिए । बस्, इतिहास सुरु भयो । त्यसरी इतिहास लेख्ने प्राय: हिन्दु विद्वान्हरू नै थिए । तर यस क्षेत्रमा बारम्बार जाने गरेको भूकम्पतर्फ ती विद्वान्हरू घोत्लिएका भए दह बन्ने र खोलिने कारण अर्कै पत्ता लाग्ने थियो होला ।

पुरा किराती इतिहास थाहा पाउन यहाँ क्लिक गरी भिडियो हेर्नुहोस्-

(कान्तिपुरको सहयोगमा)