काठमाडौं,२६ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतको व्यवहार असल छिमेकीको जस्तो नरहेको टिप्पणी गरेका छन् । सप्तरीको तिलाठीका सीमा रक्षक देवनारायण यादव नेकपा एमालेमा प्रवेश गराउँदै ओलीले भारतको व्यवहारप्रति निकै असन्तुष्टि ब्यक्त गरे | छिमेकि मुलुकको असल व्यवहार नभएको टिप्पणी गरे |

सप्तरीको तिलाठी कोइलाडीस्थित नेपाल-भारत सीमा क्षेत्रमा भारतले अनधिकृत रुपमा निर्माण गरेका भौतिक संरचना र बाँध भत्काउने अभियानको नेतृत्व यादवले गरेका थिए । त्यसक्रममा भारतीय सीमा सुरक्षा बलले उनलाई नजरअन्दाज गरिरहेको थियो |

भारतीय प्रहरीले पक्राउ गरेका छोरालाई छुटाउन गएका यादवलाई पनि पक्राउ गरि हिरासतमा लिएर अपहरण मुद्दा चलाइएको थियो । तर उनि साधारण तारेखमा छुटेका छन् ।

ओलीले मधेसवादी भनिएका दलले नाकाबन्दी लगाउन भारतलाई गुहारेर मधेसकै जनतामाथि अत्याचार गरेको आरोप लगाए ।