काठमाडौँ,२६ असोज | काठमाडौँको मुख्य स्थान नया बानेश्वरको खरिबोटमा सोमबार करिब तीन बजे तिर दुई अज्ञात युवाले गाडी रोकी गोलि प्रहार गरि हत्या गरिएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याराको खोजीको लागि प्रहरीले केही प्रारम्भिक अनुसन्धान पछि प्रहरीले केहि तथ्य फेला पारेको छ ।

निक्कै लामो कसरत र योजनाबद्द तरिकाले गौचनको हत्या गरेको प्रहरीको अनुसन्धानले पत्ता लगाएको हो | अनुसन्धानमा जुटेको प्रहरीले हत्यामा संग्लन रहेका तीन जनाको स्केच तयार पारेको छ । प्रहरीका अनुसार उक्त स्केचका आधारमा सम्भावित अभियुक्तहरूको पक्राउ गर्न सजिलो हुनेछ । उच्च प्रहरी स्रोतका अनुसार गौचनको हत्यामा चार जनाको समुह खटिएको देखिन्छ ।