नेपालमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, वा त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने ब्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा मनोविज्ञ करुणा कुँवर भने प्रष्ट छिन् । १२ बर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन – अनुसन्धान गरिरहेकी करुणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् ।

हेर्नुस भिडियोमा आखिर उनले यौनको बिषयमा अरु के के भनिन त ? –