बाम गठबन्धन छाडेर कांग्रेसको शरणमा पुगेका डा. बाबुराम भट्टराई फेरी जोकर बन्न पुगेका छन । गोरखामा सिट पाउने भन्दै कांग्रेस छिरेका भट्टराईलाई कांग्रेसले लोप्पा खुवाएपछि उनि एता न उताका भएका छन । पूर्वप्रशासक, कलाकार र केही जातिवादी नेताहरुलाई बोकेर वैकल्पिक राजनीतिक शक्ति स्थापना गरेका डा. बाबुराम भट्टराईलाई नेपाली कांग्रेसले पनि गोरखामा समर्थन नगर्ने भएको हो ।

एमाले र माओवादी गठबन्धनमा मिसिएका ड. भट्टराईले गोरखाको एउटा क्षेत्रमा चुनाव लड्न माग गरे । डा. भट्टराईको पार्टी एमालेको सूर्य चिह्नमै चुनाव लड्न तयार भएर आएको थियोा । तर माओवादी केन्द्रले गोरखामा बाबुरामलाई छोड्न नसकिने स्पष्ट पार्दै काठमाडौमा उनलाई एउटा क्षेत्र दिने कुरामा लचिलो हुन सकिने बतायो । गोरखा नपाएपछि बाबुराम गठबन्धनबाटै अलग भए । र, नेपाली कांग्रेससँग गोरखामा आफूलाई समर्थन गर्न अनुनयविनय गर्न पुगेका थिए । भिडियोमा पुरा हेर्नुहोस