नायिका दिपिका पादुकोण र निर्देशक संजय लिला भन्सालीको बिषयले अहिले पुरै भारतमा हंगामा मच्चिएको छ । राजस्थानको जातिय संगठन राजपुत करणी सेनाले दिपिका पादुकोणको नाक काटिदिने बताएपछी अहिले पुरै भारत तातेको छ । करणी सेनाले टाउको काटेर ल्याउनेलाई ५ करोड इनाम दिने समेत घोषणा गरेको छ । ठाउँ ठाउँमा नायिका दिपिका पादुकोणको पुत्ला समेत जलाइएको छ । यो सबै लफडाको कारण हो आगामी डिसेम्बर १ देखी रिलीज हुने भनिएको फिल्म – पद्मावती । पद्मावतीमा खास के छ ? दिपिका पादुकोणको किन यसरी बिरोध भइरहेको छ । पद्मावतीमा भएको भनिएको रणबिर सिंह र दिपिका पादुकोणको किस सिनको खास लफडा के हो ? कृपया तलको पुरा भिडियो हेर्नुहोला ः