काठमाडौं,३ मङ्सिर । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ।

दाहाललाई अचानक राति हृदयघात भएपछि बिहान ५ बजे अचेत अवस्थामा नर्भिक अस्पताल पुर्‍याइएको थियो। बिहान साढे ५ बजे अस्पताल पुर्‍याउँदा उनको मुटु बन्द भइसकेको नर्भिक स्रोतले जानकारी दियो।

‘५:३० मा अस्पताल पुर्‍याउँदा मुटु बन्द भएको ४-५ घन्टा भइसकेको थियो। यसको कारण हृदयघात वा अन्यकारण पनि हुनसक्छ, संलग्न डाक्टरले भने।

छोराको यस्तो खबरले शनिबार बिर्तामोड चुनावी सभा सम्बोधन गर्न पुगेका प्रचण्ड हेलिकप्टरबाट काठमाडौँ फर्के लगत्तै नर्भिक अस्पताल पुगेका छन् ।
भिडियो हेर्नुहोस्-

यो पनि पढ्नुहोस्-प्रचण्डपुत्र प्रकाश दाहालको निधन , यस्तो रोग लागेको खुलासा (भिडियो सहित )

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए ।पुष्पकमल दाहाल लगायत काठमाडौं आइपुगेपछि केही समयपछि घोषणा गर्ने ती चिकित्सकले बताए । चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल, प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् ।कस्तो रोग लागेको रहेछ त प्रचण्डपुत्र प्रकाश दाहाललाइ ? भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :