काठमाडौँ, ३ मङ्सिर | हृदयघातका कारण निधन भएका पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। प्रकाश दाहालको पार्थिक शरीरमा बुबा पुष्पकमल दाहालले दागवत्ती दिएर अन्त्येष्टि गरिएको हो।यसअघि पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत विभिन्न पार्टीका नेताहरुले प्रकाशको पार्थिक सरिरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए।माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका प्रकाशको आईतबार विहान हृदयघातका कारण निधन भएको थियो।हेर्नुहोस भिडियोमा अन्तिम पटक के भनेका थिए उनले ?